कोशी प्रदेश

मधेस प्रदेश

बागमती

गण्डकी

लुम्बिनी

कर्णाली

सुदूरपश्चिम

कांग्रेसका युवा भन्छन्- नेताहरूको नियत सफा देखिएन

Facebook
Twitter
LinkedIn

नेपाली कांग्रेसमा पार्टीको १५औं महाधिवेशनको मितिबारे विवाद चुलिएको छ । विवाद मत्थर पार्ने प्रयास स्वरूप कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेको छ ।

दलीय सरकार च्युत गराएको जेनजी आन्दोलनपछि सिर्जना भएको राजनीतिक परिस्थितिका बीच सुरू भएको कांग्रेस बैठकलाई चासोका साथ हेरिएको छ ।

जेनजी आन्दोलका क्रममा भएको सांघातिक आक्रमणपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका छन् ।

देउवा स्वास्थ्य उपचारका लागि देशबाहिर रहेका बेला कांग्रेसले महाधिवेशनबारे कस्तो निर्णय गर्छ र कुन बाटो तय गर्छ अहिले नै भन्न सकिने अवस्था छैन ।

यसैबीच अनलाइनखबरले कांग्रेसका विभिन्न समूह र उपसमूह निकट मानिने केही युवा (विद्यार्थी) नेताहरूलाई ‘केन्द्रीय कार्यसमिति बैठक र कांग्रेसमा देखिएको अन्योलता’ बारे प्रश्न गरेको छ ।

बैठकको औचित्य समाप्त हुन्छ । मंसिर ३० मै केन्द्रीय समिति विघठन गर्नु नै उपयुक्त हुन्छ।

अझै पनि माथिल्लो तहमा बसेका नेताहरू व्यक्तिगत स्वार्थ, पद लोलुपतामा लागेर परिवर्तनको आकांक्षा र सन्देशलाई नजरअन्दाज गर्नतर्फ उद्दत भए भने अब कांग्रेस भित्रका युवा र जेनजीले कांग्रेस पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूलाई सार्वजनिक कार्यक्रममा निषेधसम्म गर्न सक्छन्।

गाउँ-गाउँवाट सच्चा कांग्रेसका क्रियाशील सदस्य, नवयुवा पुस्ताबाट नसोचेको विद्रोह हुन सक्छ। अनौठो नमाने हुन्छ। केन्द्रमा बसेर स्वार्थको रोटी सेक्नेहरूले विद्रोहको सामना गर्नुपर्ने परिस्थिति बन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?